12 months ago
December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।
प्रधानमन्त्रीसँगको भेटको फोटो सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै किरणले भनेका छन्, ‘आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ ।’
प्रधानमन्त्री ओलीले खेलकुद मनोरञ्जनको साधन मात्र नभएर राष्ट्रनिर्माणको आधार भएको बताउँदै नेपाली फुटबललाई विश्वस्तरमा पुर्याउन दृढ इच्छाशक्ति देखाएको किरणले जनाएका छन् ।

किरणले प्रधानमन्त्री ओलीबाट नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भविष्यमा महत्वपूर्ण निर्णयहरु हुने विश्वास लिएको जनाएका छन् ।
नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि पहलकदमीको लागि अनुरोध गरिसकेको पनि किरणले स्मरण गरेका छन् । नेपालले एएफसी एसिया कप २०२७ छनोटमा नेपाल भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गर्नेछ ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]