11 months ago
January 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
विमला चौधरीको २ गोलमा आर्मीले बागमती युथ क्लबलाई २-० ले सहज नतिजामा पराजित गर्यो।
एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती विरुद्ध २५औं मिनेटमा नै आर्मीले अग्रता बनायो। विमला विकको लामो पासमा विमला चौधरीले किपर अगाडि बढेको बेला उत्कृष्ट प्लेसिङ गर्दै गोल गरिन्।
बागमतीका गोलकिपर र डिफेन्डरले आर्मीको केहि आक्रमणलाई विफल पारे। बागमती अट्याकमा भने कमजोर देखियो। ७० औं मिनेटमा सपना लामाको कर्नरमा विमलाको हेडरले सही दिशा लियो।
बागमतीकी कप्तान दिव्या स्माइली मगर ७९ औं मिनेटमा घाइते भइन्। उनलाई तत्काल अस्पताल लगियो। यसले बागमतीलाई आगामी खेलमा भने असर गर्न सक्छ। आर्मी दुई महत्वपूर्ण खेलाडी दीपा शाही र अमिशा कार्की बिना मैदानमा उत्रेको थियो।

आर्मीले लिगको पहिलो चरणमा बागमतीलाई ३-० ले हराएको थियो। दोस्रो चरणमा ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो चरणमा कुल २४ खेल हुनेछन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउनेछन्। माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागिता रहनेछ। बागमतीले कोशी प्रदेशको स्थानमा खेलेको हो।
लिगमा शुक्रवार पुलिस र वालिङबिच खेल हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]