11 months ago
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले जितबाट एन्फा महिला लिगको अन्तिम चरणको सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फाको मैदानमा शनिवार एपिएफले बागमती युथ क्लबलाई ५-१ ले हरायो । पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् ।
एपिएफकी सविता राना मगर र अनिता केसीले समान १ गोल गरे । बागमतीका लागि पुष्पा कुमारी खड्काले १ सान्त्वना गोल गरिन् । पहिलो चरणको लिगमा पनि एपिएफले बागमतीलाई पराजित गरेको थियो ।
अन्तिम चरणमा बागमतीको भने यो लगातार दोस्रो हार हो । बागमती पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको थियो।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् । भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, एपिएफ, आर्मी, वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागी छन् ।
अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]