11 months ago
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब विभागीय टोली नेपाल पुलिस क्लबसँग भिड्दै छ ।
सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा १ जित र १ बराबरीको साथ पुलिस दोस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित बागमती अंक बिहीन रुपमा तालिकाको चौथो स्थानमा छ ।
पहिलो चरणको लिगमा पुलिसले बागमतीलाई १-० गोलले पराजित गरेको थियो । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
भदौ अन्तिममा भएको लिगको पहिलो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, एपिएफ, आर्मी, वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागी छन् ।
अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]