default_image

11 months ago

January 7, 2025

पुलिस शीर्षस्थानमा उक्लियो

1096 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो।

पहिलो जितको खोजीमा रहेको बागमतीले पहिलो हाफमा पोष्ट अटयाक समेत गर्न सकेन। पहिलो हाफमा पुलिस १-० ले अगाडि बढ्यो।

खेलमा पुलिसले पकड बनायो। बल नियन्त्रणमा पनि राख्यो। तर अटयाकमा भने पुलिस पनि चुस्त देखिएन। दोस्रो गोल गर्न ८२ औं मिनेट कुर्न पर्यो। यो पटक पनि बिर्सनाको असिस्टमा राष्ट्रिय टिमकी सदस्य पुजा रानाले बक्सभित्रबाट गोल गरिन्।

अन्तिम चरणमा पुलिसको तेस्रो खेलमा यो दोस्रो जित हो। पहिलो खेलमा वालिङलाई ५-० ले हराएको पुलिसले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो।

एक खेल कम खेलेको एपिएफको ६ अंक छ। आज पुलिस दुई महत्वपूर्ण खेलाडी समिक्षा अधिकारी र मनिषा राउत बिना नै उत्रेको थियो।

बागमतीको यो लगातार तेस्रो हार हो। यसअघि बागमती आर्मीसँग २-० र एपिएफसँग ५-१ ले हारेको थियो। बागमती अंक बिहिन छ। भोलि वालिङ र आर्मीबीच खेल हुनेछ।

लिगको दोस्रो चरणमा ५ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुनेछन। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउनेछन।‌

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागिता रहेको छ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.