default_image

11 months ago

January 9, 2025

एन्फा महिला लिगमा एपिएफ र पुलिस भिड्दै

663 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग अन्तिम चरणको विभागीय डर्बीमा आज नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब खेल्दैछन्।

शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन् । बलियो दाबेदार एपिएफ दोस्रो चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो।

विभागीय भिडन्त रहने महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो र पुलिस तेस्रो स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो।

दोस्रो चरणमा एपिएफ र पुलिसले गोलरहित बराबरी खेलेका थिए। आजको खेल पनि प्रतिस्पर्धात्मक हुने सम्भावना छ। अन्तिम चरणमा यसअघि खेलेका दुवै खेल जितेको एपिएफको छ अंक छ ।

३ खेलमा २ जित र १ बराबरी खेलेको आर्मी शीर्षस्थानमा र पुलिस दोस्रो स्थानमा छ। आर्मी र पुलिसले बराबरी खेलेका थिए। ५ टोली मध्ये बागमती फुटबल क्लब र वालिङ नगरपालिकाले अंक जोड्न सकेका छैनन्।

अन्तिम चरणमा ५ टोलीले २ पटक एकअर्काको सामना गरेपछि शीर्ष ४ टोली प्ले अफमा पुग्ने छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.