11 months ago
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ।
एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्।
एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं मिनेटमा सरुकि पावरफुल प्रहारलाई पुलिसकी गोल किपर उषा नाथल बचाइन्।
तर ११ औं मिनेटमा एपिएफले अग्रता बनायो। अनिताको लामो क्रस किपर अगाडि बाउन्स भएर गोल भयो । गोल किपर उषाले त्यो बललाई जज नै गर्न सकिनन्।
३२ औं मिनेटमा सविता राना मगरको क्रसमा किपर उषाले फम्बल गरिन्। त्यसपछि प्राप्त कर्नरमा रश्मि कुमारी घिसिङको हेडरले सही दिशा लिन सकेन ।
३७ औं मिनेटमा एपिएफले अग्रता दोब्बर गर्यो। सरुको प्रहार समिक्षा घिमिरेलाई लागेर फर्कियो। रिबाउन्डमा बक्सभित्रबाट रेनुकाले गोल गरिन्। पहिलो हाफमा एपिएफले २-० को अग्रता बनायो।
खेलको ७६ औं मिनेटमा प्रिती राईले हानेको लेफ्ट फुटेट सटलाई उषाले बचाइन्। ७९ औं मिनेटमा सुरुले क्लोज रेन्जमा पाएको मौकालाई सदुपयोग गर्न सकिनन्। यसपछि दुई मिनेटभित्र सरु लिम्बुले २ गोल गरिन्।
८५ औं मिनेटमा सविताको सटिक पासमा सरयले गोल गरिन्। लगतै ८७ औं मिनेटमा अनिताको असिस्टमा सरुले उत्कृष्ट गोल गरिन। इन्ज्युरी समयमा अनिताले २ गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सन् २०२१ पछि उनको यो पहिलो ह्याट्रिक हो। विभागीय टिम विरुद्ध भने यो उनको पहिलो ह्याट्रिक हो।
दोस्रो चरणको खेलमा एपिएफ र पुलिस गोलरहित बराबरीमा रोकिएका थिए। ९ अंक बनाएको एपिएफले २ अंकको अग्रता बनाएको छ। पुलिस र आर्मीसँग समान ७ अंक छ। एपिएफले पहिलो खेलमा बागमती युथ क्लबलाई ५-१ ले र दोस्रोमा वालिङ नगरपालिकालाई ९-० ले हराएको थियो।
पुलिसको यो पहिलो हार हो। यसअघि पुलिसले वालिङलाई ५-० ले र बागमतीलाई २-० ले हराउँदा आर्मीसँग गोलरहित बराबरी खेलेको थियो। लिगमा शुक्रवार वालिङ र बागमतीबीच खेल हुनेछ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]