default_image

11 months ago

January 10, 2025

बागमती र वालिङ भिड्दै

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्।

एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए।

बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग २-० को हार बेहोर्दा एपिएफ फुटबल क्लबसँग ५-१ ले पराजित भएको थियो। ३ खेलमा टोलीले ९ गोल खाँदा १ गोल गरेको छ।

वालिङले पनि ३ खेल नै हारेको छ। तर उसले ठूलो अन्तरको हारको सामना गरिरहेको छ। आर्मीसँग एक दर्जन गोल खाँदा एपिएसँग ९-० ले हारेको थियो।  पुलिससँग  ५-० ले हारेको थियो। यसरी ३ खेलमा वालिङले २६ गोल बेहोरिसकेको छ। यो क्रममा एक गोल समेत वालिङले गर्न सकेको छैन्।

अन्तिम चरणमा सहभागी ५ टोलीको सहभागिता रहँदा यी दुई टिम निकै कमजोर देखिएका छन्। प्ले अफ प्रवेशका लागि दुवै टिमलाई आजको जित र ३ अंक महत्वपूर्ण हुनेछ।

प्ले अफमा ४ टिमले स्थान बनाउनेछन्। जारी लिगमा लगातार ३ जित सहित एपिएफ शीर्षस्थानमा रहँदा दोस्रो आर्मी र तेस्रो पुलिसको‌ समान ७ अंक छ। आजको खेल दिउँसो ३ बजे सुरु हुनेछ। खेल हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.