11 months ago
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ।
जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ।
आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब सहित ७ ए डिभिजन टोली छन् । जसमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, थ्रीस्टार क्लब, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब,संकटा क्लब, एनआरटी छन् ।
त्यस्तै एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज फुटबल क्लब युके र आयोजना सहारा छन् । अन्य २ विदेशी टोलीसँग सहभागिताका बारेमा छलफल भइरहेको सहाराले जनाएको छ। आहा राराको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
आहा रारामा जयश्री फुड सह प्रायोजक
सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ।

यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता एक वर्षको लागि गरिएको जानकारी सहाराका अध्यक्ष बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्रीका जनरल म्यानेजर अग्रवालले क्लबसँग जोडिदाँ व्यवसायको पनि प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । अध्यक्ष बरालका अनुसार सम्झौता अनुसार जयश्री फुड्सले ५ लाख रुपैयाँ प्रदान गर्ने छ ।
जयश्री च्यारिटी संस्था मार्फत सामाजिक सेवा काम गर्दै आएपनि फुटबलसँग जोडिएको पहिलो भएको अग्रवालले बताए ।
‘सहाराको बारेमा बुझ्यौं। सामाजिक संस्था त्यसमा पनि सेवामुलक रहेछ । बालकहरुलाई राखेर एकेडेमी चलाइएको रहेछ । एकेडेमी अवलोकन गरेपछि आहा रारा पोखरा गोल्डकपमार्फत सहकार्य गर्ने निर्णय लियौं, सहारा सँगको सहकार्य जा बारेमा जयश्रीका जनरल म्यानेजर अग्रवालले भने,’ भविष्यमा एकेडेमीलाई केही गर्न सकिन्छ भन्ने उद्देश्यसँगै जोडिएका हौं। एकेडेमीका बच्चाहरुको भविष्यको सहयोगअग्रसर रहन्छौं। ’
सहाराको आयोजनामा आहा रारा माघ २२ सुरु हुनेछ।
सहाराका अध्यक्ष बरालले ए डिभिजनका क्लब, जापान, युकेको ब्रिगेड ब्वाईज क्लब र भारतीय सर्भिस टिम वा अन्य क्लबसँग सहभागिताको लागि छलफल भइरहेको जानकारी दिए ।
आहा रारा पोखरा गोल्डकपलाई हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]