11 months ago
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित निकाल्ने प्रयास गर्नेछन्।
आर्मी र पुलिसले यसअघि दुवै भेटमा बराबरी खेलेका थिए। यी दुई टोलीले दोस्रो चरणमा १-१ र अन्तिम चरणको पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए। यद्दपी पछिल्लो खेल विवादका कारण केहि समय रोकिएको थियो।
५ खेलमा १५ अंकसहित एपिएफ, समान १० अंक जोडेका दोस्रो आर्मी र तेस्रो पुलिसले प्ले अफमा ठाउँ सुरक्षित गरिसकेका छन्। प्ले अफ पुग्ने चौथो टोलीका लागि बागमती युथ क्लब र वालिङ नगरपालिकाबिच प्रतिस्पर्धा छ। ६ खेलमा बागमतीको ३ अंक छ।
वालिङले अहिले सम्म अंकको खाता खोलेको छैन।
यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन चरणमा महिला लिग गरेको छ। पहिलो छनोट चरण सुर्खेतमा र १० टोलीको सहभागितामा दोस्रो चरण काठमाडौंमा आयोजना भएको थियो।
१० बाट शीर्ष ५ टोलीले अन्तिम चरणमा प्रवेश पाएका थिए। पाँचौं स्थानमा रहेको कोशी प्रदेशले नाम फिर्ता लिएपछि त्यसको ठाउँमा छैंटौं स्थानको बागमतीले मौका पाएको थियो। अन्तिम चरण डबल राउन्ड रोविनका आधारमा भइरहेको छ।
लिगमा पहिलो पटक प्ले अफ पनि राखिएको छ । जसमा शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। त्यसको विजेता फाइनलमा पुग्नेछ। पराजित टोलीले फाइनल पुग्ने अर्को एउटा मौका पाउनेछ।
तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्नेछन् ।इलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच दोस्रो क्वालिफायर हुनेछ। त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली बन्नेछ । फाइनल माघ १६ गते दशरथ रंगशालामा हुनेछ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]