9 years ago
February 21, 2017
धरान (हाम्रो खेलकुद)– १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र भारतीय क्लब युनाइटेड सिक्किमबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ः३० बजे धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सुरु हुनेछ ।

पुसमा सातौं राष्ट्रिय खेलकुद कास्य पदक जितेको पुलिसले त्यसयता खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । यद्दपी धरानमा भने पुलिस पहिलो खेल जित्न सफल भएको थियो । आयोजक धरान फुटबल क्लबको पहेलो टोलीलाई सडन डेथमा हराउँदै पुलिस अघि बढेको थियो ।
अर्को तिर युनाइटेड सिक्किमले भने प्रतियोगितामा सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । सिक्किम गत महिना पोखराको आहा रारा गोल्डकपमा पनि सहभागि भएको थियो । तर टोली पहिलो खेलमै आयोजक सहारासँग पराजित भएर फर्केको थियो । बुढा सुब्बामा रुपन्देही ११, आयोजक निलो र सिएमजी क्लब संकटा यसअघि नै सेमिफाइनल पुगिसकेको छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]