default_image

9 years ago

February 21, 2017

बंगलादेशमा मनाङको सेमिफाइनल पुग्ने लक्ष्य

123 views

0 Bookmark

चितगोङ (हाम्रो खेलकुद) – पहिलो खेल जितिसकेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानी क्लब शाहिन आस्मयीको सामना गर्दैछ ।

mmc

तस्बिरहरु: दिल तामाङ (एन.एस.जे.एफ)

आइतबार भएको समूह चरणको पहिलो खेलमा निकालेको जितले हौसिएको मनाङ बुधबार शाहिन आस्मायीलाई हराउँदै सेमिफाइनल यात्रा सहज बनोन लक्ष्यका साथ उत्रनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ ।

मनाङलेले पहिलो खेलमा मोहमडन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दा ओलावाले ओलाडिपो अफिज र विशाल राईले गोल गरेका थिए । शाहिन आस्मयी भने पहिलो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग ३–१ को हार बेहोरेको थियो । बुधबार समुह ‘बी’ को दोस्रो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र मोहमोदेन स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङले लगातार दोस्रो जित निकाले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउनेछ । खेल बराबरीमा रोकिए वा पराजित भए सेमिफाइनल प्रवेशका लागि दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अफगानिस्तानको शाहिन आस्मयीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । ‘पहिलो खेलमा पराजित भएको आस्मायी अर्काे चरण पुग्नका लागि ‘गर या मर’ को अवस्थामा छ । हामीलाई पनि सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने दबाव छ ’ प्रशिक्षक लोप्साङले भने, ‘आस्मायीलाई पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाउने हाम्रो लक्ष्य छ ।’
यस्तै प्रशिक्षक लोप्साङले आस्मायीविरुद्धको खेलमा केही खेलाडी परिवर्तन हुने संकेत गरे । मोहमडनविरुद्धको खेलमा दोस्रो हाफमा ओगाविमिरो ओलासेमि साम्सोनको स्थानमा मैदान छिरेका विक्रम लामा बुधबारको खेलमा पहिलो रोजाइमा पर्ने पक्का छ । मिडफिल्डमा निराजन मल्ल र डोना थापाले खेल्ने सम्भावना बढी छ । गोलरक्षक र डिफेन्स लाइनमा कुनै पनि खेलाडी परिवर्तन नहुने र खेल रणनीतिमा परिवर्तन हुने प्रशिक्षक गुरुङले बताए । विपक्षी टिमको मिडफिल्ड र स्ट्राइकिङ पक्ष बलियो रहेको तर, डिफेन्समा रहेको कमजोरीलाई चिर्ने प्रशिक्षक लोप्साङले बताए । यस्तै कप्तान अनिल गुरुङले दोस्रो खेलको लागि टिम तयार रहेको बताए । ‘पहिलो खेल जितेको हौसलाका साथै प्रशिक्षण पनि राम्रै भएको छ, आशा छ बुधबार सकरात्मक नतिजा निस्कनेछ ’ उनले भने, ‘दोस्रो खेल पनि जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउनेछौं ।’

आइतबार समूह चरणको पहिलो खेल खेलेको मनाङले सोमबार सामान्य प्रशिक्षण गरेको थियो भने मंगलबार पूर्ण प्रशिक्षण गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता मार्च २ गतेसम्म चल्नेछ ।

नेपाली राष्ट्रिय टिमका गोलरक्षक सम्मिलित माल्दिभ्सको टीसी स्पोर्टस् समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार भएको समूह चरणको दोस्रो खेलमा किर्गिस्तानको एफसी आल्गालाई २–१ ले पराजित गरेपछि टिसी स्पोर्टस् एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । टीसी स्पोर्टस्ले समूह विजेता बन्नका लागि बिहिबार दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

मनाङ सम्भावित पहिलो रोजाइ

दिनेश थापामगर (गोलरक्षक), विराज महर्जन, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, अदमा बो सिसिको (डिफेन्डर), विक्रम लामा, रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, अनिल गुरुङ (मिडफिल्ड) र ओलावाले ओलाडिपो अफिज (फरवार्ड)

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.