9 years ago
February 21, 2017
धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । इन्जुरी समयमा मानबहादुर परियारले हेडमार्फत निर्णायक गोल गरेपछि भारतको कञ्चनजंगा एफसीलाई ३–२ ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गरेछ ।

फाइल फोटो
प्रतिस्पर्धात्मक खेलका सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । दोस्रो हाफको १४ मिनेट भित्र २–० को अग्रतालाई पुलिसले जोगान नसक्दा जितका लागि अन्तिम सम्म संघर्ष गर्नु परेको थियो । २–२ को बराबरीको अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा मानबहादुरले हेड गोल गर्दै विभागिय टोलीलाई सेमिफाइनल पुर्याएका थिए ।
त्यसअघि पुलिसका लागि दुवै गोल अभिषेक रिजालले गरेका थिए । फ्रिकिकमार्फत ४९ औं मिनेटमा पहिलो गोल गरेका अभिषेकले त्यसको दश मिनेटपछि अर्को गोल गरेका थिए । तर खेलको अन्त्यतिर पुलिस सम्हालिन सकेन । कञ्चनजंगाले दस खेलाडीमा सिमित भएर पनि बराबरी गोल फर्काएको थियो । ६७ औं मिनेटमा कप्तान अमिर लामाले दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिनु परेपछि कञ्चनजंगा दस खेलाडीमा सिमित भएको थियो ।
युनाइटेड सिक्किम एफसीले प्राविधिक कारण देखाउँदै प्रतियोगितामा भाग नलिएपछि त्यसको सट्टा खेल्न धरान पुगेको कञ्चनजंगाले ७२ औं मिनेटमा गोल फर्काएको थियो । निवास रानाले फ्रिकिकमार्फत गोल गरेका हुन् । खेल सकिन दुई मिनेट बाँकी रहँदा लङगस तामाङले बराबरी गोल फर्काएका थिए । बराबरीको तीन मिनेटपछि मानबहादुरले निर्णायक गोल गरेका थिए ।
रुपन्देही ११, आयोजक धरान फुटबल क्लब निलो र सिएमजी क्लब संकटा यसअघि नै सेमिफाइनल पुगिसकेको छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]