11 months ago
January 19, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोन नजिकको गेटाफेसँग बराबरीमा रोकिएको छ ।
बार्सिलोना शनिवार गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले गोल गरे ।
खेलमा अग्रता बार्सिलोनाले लियो । नवौं मिनेटमा काउन्डेले गोल गरे। ३४औं मिनेटमा गेटाफेका अराम्बारीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
२० खेलबाट ३९ अंक जोडेको बार्सिलोना तालिकामा तेस्रो स्थानमा छ । बार्सिलोना १ खेल कम खेलेको दोस्रो स्थानको रियल म्याड्रिड ४ र शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको भन्दा ५ अंकले पछि छ ।
एटलेटिको लेगानेससँग १-० ले पराजित भएको छ ।अर्को खेलमा अल्भेसले रियल बेटिसलाई ३-१ हराएको छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]