11 months ago
January 19, 2025
मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ ।
आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ ।
यो संस्करणमा कुल ४० टोली सहभागी हुनेछन् । खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिको उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
अस्ट्रेलियामा नेपाली समुदायद्वारा आयोजित सबैभन्दा ठूलो र सफल प्रतियोगिताहरू मध्ये एक कँडेल कपको मुख्य प्रायोजकमा कँडेल कन्सल्टेन्सीले निरन्तरता दिएको छ । प्रायोजकमा सफायर रियल स्टेट रहेको छ । प्रतियोगिताको संयोजकमा क्लबका उपाध्यक्ष सज्जन शर्मा रहेका छन् ।
नेपाल र नेपाली फुटबललाई प्रवद्र्धन गर्दै खेलकुदको माध्यमबाट समुदायलाई एकजुट बनाउने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, तासमानिया र एडिलेडका क्लबहरू मेलबर्न आउने तयारीमा छन् ।
प्रतियोगिताको विजेताले १२ हजार अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले ४ हजार ५ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
३५ वर्षमाथिको विजेताले २ हजार ५ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त तथा उपविजेताले १ हजार डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले अवार्ड जित्ने टोलीलाई समान २ सय डलर प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै क्लबले यसै संस्करणबाट खेलाडी र खेलकर्मीसँगै रेफ्रीलाई समेत नेपाल–अष्ट्रेलिया फुटबलसँग अभ्यस्त बनाउने प्रयास गरेको जनाएको छ । महिला र बालबालिका लक्षित विशेष फुटबल कार्यक्रमहरू पनि प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहने क्लबका अध्यक्ष कर्ण रानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष सिड्नीको सेन्ट जर्ज नेप्लिज क्लबले उपाधि जितेको थियो ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]