11 months ago
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ।
हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल पुलिस क्लब र बागमती युथ क्लबले इलिमिमेटरमा प्रतिस्पर्धा गर्ने समीकरण बनेको छ।
आज एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले आधा दर्जन गोल गर्ने क्रममा खेलको १५ औं मिनेटमा चन्द्राले गोलको खाता खोलिन्।
तर यो अग्रता १८ औं मिनेटमा तोडियो। मिना देउवाले डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन्। तर २४ औं मिनेटमा चन्द्राको व्यक्तिगत दोस्रो गोलमा पहिलो हाफमा आर्मीले २-१ को अग्रता बनायो।
दोस्रो हाफमा चन्द्राले प्रभावशाली प्रदर्शन गरिन्। ६३ औं मिनेटमा उनले ह्याट्रिकको सफलता प्राप्त गरिन्। यसपछि ६८ औं र ७३ औं मिनेटमा थप २ गोल आफ्नो नाममा लेखाउन सफल रहिन्। उनको व्यक्तिगत ५ गोलमा आर्मीले वालिङलाई ६-१ को हार चखायो।
आर्मीले सात खेलबाट १६ अंक बनाएको छ। वालिङ अंकबिहिन बन्दै बाहिरियो। अन्तिम चरणको लिगमा अब एपिएफ र आर्मी तथा बागमती र वालिङबीचको खेल भने बाँकी नै छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]