11 months ago
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् ।

पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे ।
दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो ।

संकटाको जितमा गुन्दास सुनुवार, पेम्बा तामाङ र प्रज्वल कुमार लुर्मिले समान १ गोल गरे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]