11 months ago
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ।
महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ।
यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र सरु लिम्बु , भलिबलकी हिरा केसी र कविता भट्ट, उसुका अशोक खालिङ र कविता थापा छन् ।

त्यस्तै ह्यान्डबलकी वन्दना राई, करातेका मोहम्मद सेखु आलम, क्रिकेटका सन्दीप जोरा, फुल कन्ट्याक्ट करातेका सन्जय राई, कबड्डीकी रविना चौधरी सहायक हवल्दारमा बढुवा भएका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक (नेपाल एपिएफ क्लबका अध्यक्ष) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकास घिमिरेले ज्यूबाट विभिन्न विशेष बढुवा भएका १५ खेलाडीलाई मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

सोही अवसरमा २८ खेलाडीलाई आइजिपी कमेन्डेसन पदक तथा २ खेलाडीलाई नगदबाट पुरस्कृत गरिएको थियो।
कमेन्डेसन पदक पाउनेमा राष्ट्रिय क्रिकेट टोली महिलातर्फको कप्तान इन्दु वर्मा, पुरुषतर्फका कप्तान रोहित पौडेल, महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी ‘साम्बा’ , रेनुका नगरकोटे, अनिता बस्नेत, हिरा भुजेल, प्रीति राई, सविता राना मगर, रश्मिकुमारी घिसिङ, निशा ठोकरलगायत छन्।


December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]