11 months ago
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको अर्थहिन खेलमा सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ।
वालिङले प्ले अफमा पुगिसकेको बागमती युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो। यो जित वालिङको लागि सान्त्वना जित बन्यो।
एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती विरुद्ध मैदानमा उत्रिएको वालिङको प्ले अफमा पुने संभावना समाप्त भैसकेको थियो। वालिङ विरूद्ध खेलमा पहिले अग्रता बागमतीले बनायो।
४३ औं मिनेटमा अस्मिता खवासको लामो पासमा मन्दिराको प्रहारलाई गोल किपरले रोकेपनि रिबाउन्डमा साहरा लिम्बुले गोल गरिन्। पहिलो हाफमा बागमती १-० ले अगाडि बढ्यो।
तर दोस्रो हाफमा वालिङले सानदार प्रदर्शन गर्यो। ५६औं मिनेटमा मिना बोहराको असिस्टमा सुष्माले गोल गर्दै खेललाई एक-एकको बराबरीमा पुर्याइन्।
६९ औं मिनेटमा वालिङले दोस्रो गोल गर्यो। सुप्रिया मियाको कर्नरमा सुष्माको हेडरले सही दिशा लियो।

बागमती विरुद्ध ८५ औं मिनेटमा सुष्माले ह्याट्रिक पुरा गरिन्। सुप्रियाको प्रहारलाई गोल किपरले बचाइन्। रिबाउन्डमा सुष्माको प्रहार पनि रोकिन्। तर सुष्माले दोस्रो प्रयासमा गोल गर्दे ह्याट्रिक पूरा गरिन् ।
सँगै वालिङले आठौं तथा अन्तिम खेलमा ३ जित निकाल्यो। यही एक जित र तीन अंकमा उसले अन्तिम चरणको लिग सकायो। ८ खेलबाट ४ अंक बनाएको बागमती यसअघि नै प्ले अफमा पुगेको बागमतीसँग ४ अंक रहेको छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]