11 months ago
January 22, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिग टोली लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा अपराजित रहँदै अन्तिम १६ मा पुगेको छ ।
लिभरपुलले मंगलवार फ्रेन्च टोली लिललाई २-१ ले हरायो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । लिलका जोनाथन डेविडले एक गोल फर्काएका हुन् ।
लिभरपुलले खेलको ३४औं मिनेटमा सलाहको गोलमा अग्रता लिएको थियो । पाहुना टोलीका ऐसा मन्दीले ५९औं मिनेटमा रातो कार्ड प्राप्त गर्दै मैदान बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सिमित लिलका लागि ६२औं मिनेटमा डेविडले बराबरी गो फर्काएका थिए ।
खेलको ६७औं मिनेटमा एलिओटले गोल गर्दै लिभरपुलको अपराजित यात्रा जारी राखे ।
बार्सिलोनाको रोमान्चक जित
दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ । राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए।
बेनेफिकाका भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन।
बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक गार्सियाले १ गोल गरे ।
पाभ्लिडिसले ३० मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो मिनेटमा पहिलो गोल गरे । बार्सिलोनाका लेवान्डोस्कीले १३ औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे। २२ औं मिनेटमा दोस्रो र ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाभ्लिडिसले ह्याट्रिक पूरा गरेपछि बेन्फिकाले पहिलो हाफमा नै ३-१ को अग्रता बनायो। ६४ औं मिनेटमा राफिन्हाले गोल गरे । ६८ औं मिनेटमा बार्सिलोनाको आत्मघाती गोलमा बेन्फिकाले अग्रता बढायो । ७८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीलाई अर्को गोल गरे। गार्सियाले ८४ औं मिनेटमा बराबरी गोल गर्दैै बार्सिलोनालाई खेलमा फर्काए। इन्ज्युरी समयमा राफिन्हाको गोलमा बार्सिलोनाले सनसनीपूर्ण जित हासिल गर्यो । यो जितसँगै लिभरपुल र बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
च्याम्पियनसिपमा बार्सिलोना दोस्रो स्थानमा छ। शीर्ष स्थानमा लिभरपुल छ।

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]