11 months ago
January 22, 2025
काठमाडौं( हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत लिगको अन्तिम खेलमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराएको छ।
एपिएफ लगातार आठौं जित निकाल्न सफल रहयो। जारी लिगमा आर्मी एपिएफसँग हारेको यो तेस्रो पटक हो।
सातदोबाटो स्थित एन्फा खेल मैदानमा भएको खेलमा पहिले अग्रता एपिएफले बनायो। २३ औं मिनेटमा प्रीती राईको फ्रि-किकमा रश्मि कुमारी घिसिङले गोल गरिन्।
एपिएफले ३८ औैं मिनेटमा अग्रता दोब्बर गर्यो। रश्मिको असिस्टमा कप्तान अनिता बस्नेतले गोल गोल गरिन्। पहिलो हाफ २-० को नतिजामा सकियो।
विभागीय डर्बीमा आर्मीको लागि ८३ औं मिनेटमा अमिशा कार्कीले एक गोल फर्काइन्। तर यो जितको लागि प्रयाप्त भएन्।
यसअघि नै पहिलो क्वालिफायरका लागि छनोट भएको शीर्ष टोली एपिएफले २४ अंक र दोस्रो स्थानको आर्मीले १६ अंक बटुल्यो।
एपिएफले आर्मीलाई दोस्रो चरणमा २-१ ले र अन्तिम चरणको पहिलो लेगमा ३-१ ले हराएको थियो।
अब क्वालिफायरमा पनि एपिएफ र आर्मीबिच प्रतिस्पर्धा हुनेछ। एलिमेनेटरमा नेपाल पुलिस क्लबको सामना बागमती युथ क्लबले गर्नेछ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]