11 months ago
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ ।
गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।
जिल्लामै खेलाडी उत्पादन गर्न, खेलको मध्यमबाट गोरखालाई चिनाउन तथा खेलाडीहरुलाई विस्थापित हुन नदिन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
‘जिल्लामा एन्फा, जिल्ला खेलकुद विकास समितिहरु छन्, उनीहरुले प्रतियोगिता आयोजना गर्दैनन्,’ क्लबका महासचिव किरण ढकालले भने, ‘जबसम्म हरमटारी क्लब रहन्छ, हामी रहन्छौं, प्रतियोगिता आयोजना गरिरहन्छौ ।’
फागुन ७ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका विभिन्न क्लवका साथै गोरखाका स्थानीय क्लबहरु गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
खेलकुद मैदान हरमटारीमा हुने उक्त प्रतियोगिता संचालनका लागि २७ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
यस्तै प्रतियोगितामा अनुशासित टिमले ३५ हजार तथा अन्य विधा अन्तर्गत सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले जनही १५ हजार तथा उदयीमान खेलाडी ले नगद १० हजार नगद र हरेक खेलका प्लेयर अफ दी म्याचले नगद २५ सय रुपैयाँ प्राप्त गर्ने क्लबले जनाएको छ ।
प्रतियोगिता अवलोकन गर्न टिकट दर ५० रुपैयाँ तथा सेमिफाइनल तथा फाइनल खेलका लागि रु १०० रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]