default_image

9 years ago

February 22, 2017

बुढासुब्बा रेडबुल गोल्डकपमा पहिलो सेमिफाइनल आज,संकटा र रुपन्देहीबीच प्रतिस्पर्धा

110 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा बुधबार सिएमजी क्लब संकटा र रुपन्देही ११ बीच पहिलो सेमिफाइनल खेल हुँदैछ । पछिल्लो दुई सातामा दुवै टोली संकटा र रुपन्देहीले नकआउट प्रतियोगिताको उपाधि जितेर धरान पुगेका थिए ।

sankata-vs-udaypur

संकटाले त्रिभुवन आर्मीलाई हराउँदै माघ २९ गते रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको थियो । त्यसको ३ दिन पछि (फागुन ३) गते रुपन्देहीले रमपम चौथो उदयपुर गोल्डकप प्रतियोगिताको उपाधि उचालेको थियो । रुपन्देहीले मोफसलको अर्को टोली मोरङ फुटबल क्लबलाई हराएको थियो । संकटा उदयपुर गोल्डकपमा सेमिफाइनलमा रोकिएको थियो ।

जारी बुढा सुब्बामा संकटाले पहिलो खेलमा भारतको दुर्गापुर कोलकातालाई ३–२ ले हराएको थियो भने क्वार्टरफाइनलमा एपिएफलाई १–० ले निराश पारेको थियो । अर्को तिर सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको रुपन्देहीलाई काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई टाइब्रेकरमा हराएर अन्तिम चारको यात्रा सुरक्षित गरेको थियो । अर्को सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब निलो र नेपाल पुलिस क्लबबीच बिहीबार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक प्रत्येकले ५ हजार रुपैयाँ पाउनेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.