11 months ago
January 25, 2025
पोखरा (हाम्रो खेलकुद) – बगर भाइखलकको आयोजनमा अर्को साता आयोजना हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा माघ १५ देखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
बगर भाइखलकका महासचिव मनकाजी गुरुङले अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा विभिन्न उमेर समूहमा विदेशीसहित ३९ टोलीको सहभागिता रहने बताए।
‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ २०६८ सालदेखि भेट्रान्स फुटबल आयोजना गर्दै आएका छौं,’ महासचिव गुरुङले भने।’
महासचिव गुरुङले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका पाका खेलाडीहरुको खेलबाट नयाँ पुस्तालाई खेलकुद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखेको बताए ।
तीन विधामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएको विधामा १९ टोली, ५० वर्ष उमेर समूहतर्फ १४ टोली र ६० वर्ष उमेर पूरा भएका ६ टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
विधागततर्फ सर्वोकृष्ट खेलाडीले १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र दोस्रोले ३० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्दै आएको बताउँदै यस वष पूर्व खेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा चिरायु नेशनल अस्पताल र सहप्रायोजकमा बगर भाइ खलक युके रहेको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]