default_image

3 weeks ago

January 25, 2025

पुलिसलाई हराउँदै बागमती लोकतान्त्रिक सेमिफाइनलमा

768 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती लोकतान्त्रिक फुटबल टोली विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शनिवार भएको तेस्रो क्वाटरफाइनलमा बागमतीले पुलिसलाई २-१ ले पराजित गरेको हो । पुलिसले सुजन मगरको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा २ गोल खान पुगेको हो ।

५७ औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलमा बागमतीले बराबरी गरेको थियो । इन्ज्युरी समयमा आइकिन्स बफोरको गोलमा बागमतीले खेल जितेको हो ।

गोलरक्षक विकेश कुथुको कप्तानीमा रहेको बागमतीले अब सेमिफाइनलमा एनआरटी र फ्रेन्ड्सको विजेतासँग खेल्नेछ ।

चौथो क्वाटरफाइनलमा फ्रेन्ड्स र एनआरटीले आइतवार खेल्नेछन् । सोमवार हुने सेमिफाइनलमा मछिन्द्र क्लब र संकटा आमने सामने हुनेछन् ।

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

February 12, 2025

आयोजक नेपाल एपिएफ ‘ए’ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]

Success

Thank you for your time.