default_image

11 months ago

January 25, 2025

फिदिम भेट्रान्स गोल्ड कपको उपाधि रेड स्टारलाई

295 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

झापा बिर्तामोडको रेड स्टार क्लबले दोश्रो फिदिम भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फिदिम माविको खेल मैदानमा शनिवार आयोजक फिदिम भेट्रान्स क्लबलाई ४-२ ले पराजित गर्दै रेड स्टारले उपाधि जितेको हो ।

रेड स्टारका खेमराज पोखरेलले ह्याट्रिक गरे । अर्को गोल बुद्ध चेम्जोङले गरे। फिदिमका लागि अशोक लिम्बु र सुवास लिम्बुले गोल गरे ।

पूर्व राष्ट्रिय खेलाडी र ए डिभिजन खेलिसकेका खेलाडीले भरिएको रेडस्टार क्लब सुरुबाटै आक्रमक फुटबल खेलेको थियो । तर गोलको लागि लामो समय कुर्नु परेको थियो ।

उपाधिसँगै रेड स्टारले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र फिदिमले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । रेड स्टारका कप्तान राजकुमार श्रेष्ठ फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए र उनले २ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रेड स्टारका भुपेन जबेगु सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे।रेड स्टारकै बुद्ध चेम्जोङ उत्कृष्ट फरवार्ड, मिनबहादुर बस्नेत उत्कृष्ट गोलकिपर घोषित भए ।

यसैगरी, फिदिमका अनिल चुँडाल उत्कृष्ट डिफेन्डर, प्रदेश केसी उत्कृष्ट मिडफिल्डर चुनिए । रेड स्टारका खेमराज पोखरेल सर्वाधिक गोलकर्ता रहे । बौद्ध भेट्रान्स रानीटारका हर्कराज नेम्बाङ उत्कृष्ट भेट्रान्स खेलाडी र रेड स्टारका प्रेमकृष्ण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले २ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

बुधवारदेखि फिदिममा आयोजना भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.