11 months ago
January 25, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको युरोपबाट व्यवसायिक फुटबल खेल्ने सपना पूरा भएको छ।
एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट डेब्यू गरेकी छन् । उनले ग्रिस महिला ‘ए’ लिगमा जारी ओएफआइविरुद्ध खेलमा डेब्यू गरेकी हुन् । खेल निस अट्रोमिटौले ४-० ले गुमाएको छ।
केहि साता अघि ग्रिस पुगेकी एन्जिलाले शुक्रवार लिग खेल्ने अनुमति पाएकी थिइन्। युरोपबाट व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो नेपाली हुन् । राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्समा लिग खेलिरहेकी छिन् ।
एन्जिलाले यसअघि पाकिस्तान र भारतमा लिग खेलेकी थिइन् । उनको कप्तानीमा नेपालले कात्तिकमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो। एन्जिलाको जीवनीमा आधारित अन्जिला फिल्म फागुन २९ गते प्रदर्शन हुँदैछ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]