11 months ago
January 26, 2025
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इङ्ग्लिस प्रिमियर लिगमा शनिवार सहज जित हासिल गरेको छ ।
चेल्सीलाई ३-१ ले हराउँदै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। घरेलु मैदानमा सिटीलाई पुनरागमन जित दिलाउन जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका नोनी मडोकीले गोल गरे ।
सुरुवाती अग्रता चेल्सीले लिएको थियो । मडोकीले तेस्रो मिनेटमा नै गोल गरे । सिटीका लागि खेलको ४२औं मिनेटमा ग्यार्डिओलले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
खेलको ६८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ८७औं मिनेटमा गोल गर्दै फोडेनले गोल गरे पछि सिटीको जित निश्चित बन्यो ।
जितसँगै २३ खेलमा सिटीको ४१ अंक पुगेको छ । १ खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । चेल्सी २३ खेलमा ४० अंकका साथ छैटौं स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]