11 months ago
January 26, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउँदै छ ।
इप्स्विच टाउनलाई शनिवार ४-१ ले हराउँदै लिभरपुलले अग्रता ६ अंकको बनाएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा काड्यो गोक्पोले २, डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरे । पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरे ।
खेलको ११औं मिनेटमा स्जोबोस्लले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । सलाहले ३५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाए । खेलको
४४औं र ६६औं मिनेटमा गोल गदै गोक्पोले लिभरपुललाई ४-० को सहज स्थितीमा पुर्याए । अन्तिम मिनेटमा ग्रेसले इप्स्विचका लागि सान्त्वना गोल फर्काए ।
५३ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक छ । लिभरपुलले आर्सनलले भन्दा १ खेल कम खेलेको छ । इप्स्विच २३ खेलमा १६ अंकका साथ रेलिगेसन जोनमा छ ।
प्रिमियर लिगका अन्य खेलमा आर्सनलले उल्भ्सलाई, एभर्टनले ब्राइटनलाई समान १-०, न्युक्यासलले साउथह्यामटनलाई ३-१, बोर्नमाउथले नटिङघम फरेस्टलाई ५-० ले हराएको छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]