11 months ago
January 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अन्जन विष्टको उत्कृष्ट प्रदर्शनमा न्यू रोड टिम (एनआरटी) ले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३-१ ले पराजित गरेको हो । एनआरटीलाई अन्तिम चारमा पुर्याउन अन्जनले २ तथा रिचार्ड विल्सनले १ गोल गरे । फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्तवना गोल फर्काए ।
पहिलो हाफमा कप्तान अन्जनले २ गोल गरेपछि एनआरटी बलियो स्थितिमा पुगेको थियो । अन्जनले खेलको २३ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरेका थिए ।
त्यसको ५ मिनेटमै अन्जनले व्यक्तिगत दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३-० ले अघि बढाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट फार पोस्टमा सुन्दर फिनिस गरेका थिए ।
६५ औं मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुको हेडर फ्रेन्डसका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे । लगत्तै अभिषेकले एन्जल र रिचार्डको लगातार प्रहारलाई विफल पारे ।
८१ औं मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै खेलमा फर्कने संकेत देखाए । उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाएर बायाँ खुट्टाले फिनिस गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबले साँझ ५:३० बजे खेल्नेछन् । दोस्रो सेमिफाइनल मंगलबार आयोजकको बागमती लोकतान्त्रिक र एनआरटीबिच हुनेछ । फाइनल विहीबार हुनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]