default_image

11 months ago

January 27, 2025

बार्सिलोनाको फराकिलो जित

471 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाले आइतवार भ्यालेन्सियालाई ७-१ ले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ , फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गरे । १ गोल आत्मघाती भयो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले गोल गरे ।

खेलको तेस्रो मिनेटमै डी जोङको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । आठौं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

राफिन्हाले १४औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । लोपेजले २४औं मिनेट र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोलीको अग्रता ५-० मा पुर्याए ।

डुरोले ५९औं मिनेटमा भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे । त्यसकाे ७ मिनेटपछि लेवान्डोवस्कीले गोल गर्दा बार्सिलोना ६-१ ले अगाडि बढ्यो ।

भ्यालेन्सियाका सेजर तारेगाबाट ७५औं मिनेटमा आत्मघाती गोल भयो।

जितसँगै बार्सिलोना २१ खेलमा ४२ अंकका तेस्रो स्थानमा छ । भ्यालेन्सिया समान खेलबाट १६ अंकका साथ रेलिगेसन जोनमा छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.