11 months ago
January 27, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल नासरले अल फताहमाथि ३-१ को जित हासिल गरेको छ ।
अल अवाल पार्कमा आइतवार नासरले फताहलाई पराजित गरेको हो । नासरको जितमा मोहम्मद सिमांकन र क्रिस्टियानो रोनाल्डोले गोल गरे ।
फताहले नासरलाई आत्मघाती गोल उपहारस्वरुप दियो । फताहका लागि मुराट ब्याट्नाले सान्त्वना गोल गरे ।
खेलको ४१औं मिनेटमा नै फताहका मारवान सादानले आत्मघाती गोलमा नासरले अग्रता लियो । नासरका लागि ५७औं मिनेटमा सिमाकंनले गोल गरे ।
७२औं मिनेटमा फताहका लागि मुराटले गोल फर्काए ।८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई जित पक्का भयो ।
जितसँगै १७ खेलमा ३५ अंकका साथ नासर तेस्रो स्थानमा छ । समान खेलबाट ९ अंकका साथ फताह तालिकाको पुछारमा छ । १६ खेलमा ४३ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]