10 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सभापति कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। संकटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३-० पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
मच्छिन्द्रले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफ फुटबल क्लबलाई १-० ले हराएको थियो।कठिन जीत दर्ता गरेको थियो ।
दोस्रो सेमिफाइनलमा मंगलवार नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र एनआरटी भिड्ने छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सर्वाधिक पुरस्कार राशिको सभापति कपको विजेताले २६ लाख र दोस्रो टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रत्येक खेल खेल्ने दुवै टोलीले ५० हजार रुपैयाँ पाइरहेका छन् । हरेक खेलकि प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाएका छन् । दर्शकका लागि साधारण तर्फ १ सय र भिआइपीतर्फ ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]