11 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोरखा समाज बेल्जियमले
साफ च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदबाट पुरस्कृत गरेको छ।
समाजले राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जन मार्फत सोमवार टोलीका खेलाडीलाई एकमुष्ट २ लाख २२ हजार ३ सय २२ रुपैयाँ हस्तान्तरण गरेको थियो। टोलीको तर्फबाट रेनुका नगरकोटेले रकम ग्रहण गरेकी थिइन् ।

कार्यक्रम खेलाडी अनिता बस्नेत, अनिता केसी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, हिरा भुजेल, निशा थोकर सहभागी थिए।
काठमाडौंमा कात्तिकमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगालादेशसँग २-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको थियो।

सो अवसरमा एन्फा केन्द्रिय सदस्य पेमा डोल्मा लामा, महिला टोलीको मुख्य प्रशिक्षकमा पुन: नियुक्त भएका राजेन्द्र तामाङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) की फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, राखेपकी सदस्य दीपा क्षेत्री , पूर्व प्रशिक्षक महर्जन, पूर्व सहायक राजेश मानन्धर, फिजियो नवीना श्रेष्ठसहितको उपस्थिति थियो।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]