default_image

10 months ago

January 28, 2025

नेयमारले छाडे अल हिलाल

2620 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् ।

नेयमार र साउदी क्लब हिलालले सोमवार आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् ।

‘नेयमारले अल–हिलालमा रहँदा गरेका योगदानका लागि धन्यवाद र प्रशंसा व्यक्त गर्दछ । खेलाडीको करियरको आगामी दिनको सफलताको कामना गर्दछ,’ क्लबले भनेकाे छ ।

नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरो (७७.६ मिलियन पाउन्ड) मा अल हिलालमा अनुबन्धित भएका थिए । ब्राजिलका ३२ वर्षीय नेयमारले चोटका कारण यसबीचमा क्लबका लागि सात पटक मात्र खेलेका छन् ।

नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । सन् २०१३ पछि बाल्यकालको क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

बार्सिलोना जानुअघि नेयमारले सान्तोषमा रहेर २ सय २५ खेलमा १ सय ३६ गोल गरेका थिए । उनले ब्राजिलको‌ राष्ट्रिय टोलीबाट ७९ गोल गरिसकेका छन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.