11 months ago
January 28, 2025
सुशील पन्त क्षेत्री, चितवन
नेपाल पुलिस क्लबलाई सडन डेथमा हराउँदै सरस्वती युथ क्लब मंगलवार मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलको निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो।
६२ औं मिनेटमा कप्तान अनुप लिम्बुको उत्कृष्ट हेडर गोलमा पुलिसले अग्रता लिएको थियो । खेलको अन्तिम समयमा पुलिस सम्हालिन सकेन ।
खेल सकिन एक मिनेट बाँकी रहदा फोफोनाले सरस्वतीका लागि बराबरी गोल फर्काए । निर्धारित समय १-१ र टाइब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा समग्रमा ६-५ सरस्वती विजयी भयो ।
सरस्वतीका गोल रक्षक सन्दीप सिंह कठायत प्लेयर अफ दि म्याच भए । सरस्वतीले अब फाइनल प्रवेशका लागि बागमती युवा क्लब सर्लाहीको सामना गर्नेछ । बागमती यस अघि सूर्यपुर एफसीलाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा आबुँखैरेनी र प्याराडाइज युवा क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]