default_image

11 months ago

January 29, 2025

उपाधिको लागि अपराजित एपिएफको सामना पुलिसले गर्ने

840 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लबको सामना आज नेपाल पुलिस क्लबले गर्दैछ।

जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो। एपिएफ रवाफिलो प्रदर्शनले यस पटक पनि उपाधिको मुख्य दाबेदारको रुपमा रहेको छ।

लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपिएफ अन्तिम चरणमा पुगेको थियो।

पुलिसले पहिलो चरणमा ६ जित र ३ बराबरी नतिजाका साथ २१ अंक जोडेको थियो। पुलिस तेस्रो स्थानमा रहँदै अन्तिम चरण पुगेको थियो।

अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएएले सबै ८ खेल जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बन्यो।

पुलिसले ८ खेलमा मात्र ३ खेल जित्यो। २ मा बराबरीको नतिजा निकाल्दा ३ खेलमा हारको सामना गर्यो। ११ अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुग्यो।

एपिएफले आर्मीलाई पहिलो क्वालिफायरमा २-१ ले हराएर फाइनलमा स्थान बनायो। पुलिसले इलिमिनेटरमा बागमती युथ क्लबलाई १-० ले हराउँदै दोस्रो क्वालिफायरमा खेल्यो। जहाँ आर्मीलाई टाइ-ब्ररकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो।

यो लिगमा एपिएफले कुल १८ खेल खेलेको छ। जहाँ उसले ९८ गोल गर्दा ६ गोल मात्र खाएको छ। एक खेलमा पनि हार बोहर्न परेको छैन। पुलिसले १९ खेल खेलेको छ। जहाँ ३४ गोल गर्दा १२ गोल बेहोरेको छ।

यसरी सरसर्ती तथ्याङ्कलाई हेर्ने हो भने एपिएफलाई बलियो आँक्न सकिन्छ। तर पुलिसले आर्मीलाई हराएको जस्तै प्रदर्शन गर्न सके एपिएफलाई हराउने संभावना पनि उतिकै रहेको छ।

यो लिगमा यसअघि तीन पटक एपिएफ र पुलिस भिडिसकेका छन्। एपिएफ अहिलेसम्म एक खेलमा बराबरीमा रोकिएको छ। बाँकी सबै खेल जित्न सफल टोलीम हो। एपिएफलाई बराबरीमा रोक्ने टोली पुलिस नै हो। पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकिएको थियो।

दोस्रो चरणको दुई खेलमा नै एपिएफले पुलिसलाई हराएको थियो। पहिलो लेगमा ६-० र दोस्रो लेगमा २-० ले एपिएफ जित दर्ज गर्न सफल भएको थियो।

यही प्रदर्शनलाई निरन्तरता दिंदै एपिएफ उपाधि जित्ने दाउमा रहनेछ। एपिएफ सबै पक्षमा चुस्त देखिएको छ। पुलिसलाई भने दुई खेलको हारको बदला लिंदै उपाधि जित्ने सुनौलो अवसर रहेको छ।

फाइनल खेल दशरथ रङ्गशालामा आज दिउँसो २ बजे सुरु हुनेछ। फाइनल खेल हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.