default_image

10 months ago

January 29, 2025

केपी ओली कप फुटबल अर्को महिना

1085 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ।

आयोजक नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधवार पत्रकार सम्मेलन गर्दै केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिइयो ।

ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले जानकारी दिए।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सबै उमेर समूहको रुची रहेकोले फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए ।

प्रधानमन्त्री केपी ओलीकको देश र समाजप्रतिको योगदानको कदर गर्दै उनको नाममा प्रतियोगिता गरेको उल्लेख गर्दै थेवेले भने, ‘ सम्मान गर्न लायक व्यक्तित्वहरुको नाममा जीवित हुँदै प्रतियोगिता आयोजना गरिनुपर्ने सन्देश दिन आवाश्यक छ।’

उनले केपी कपमा भारत, भुटान, उज्वेकिस्तानका क्लबहरुको सहभागिता रहने सम्भावना रहेको बताए । केपी ओलीको पछिल्ला दुवै संस्करण मच्छिन्द्र क्लबले जितेको थियो।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.