default_image

11 months ago

January 29, 2025

एपिएफ महिला लिग च्याम्पियन

786 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सविता राना मगरको २ गोलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ।

अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको हो। २०६८ सालदेखि भएको फरक फरक प्रणालीको उपाधि निरन्तर एपिएफले मात्र जितेको छ। आज एपिएफको जितमा सविताबाहेक सुरु लिम्बु र अनु लामाले समान १ गोल गरे।

दशरथ रंगशालामा आज भएको खेलमा एपिएफले पहिलो हाफमा आफ्नो क्षमता अनुसार खेल्न सकेन्। ३० औं मिनेटमा अनिता बस्नेतको लामो प्रहारलाई गोल किपर उषा नाथले बचाइन्।

यस बाहेक एपिएफले गोल गर्ने अवसर सिर्जना गर्न सकेन्। यता पुलिसले पनि मुभ समेत बनाउन सकेन्। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

दोस्रो हाफमा एपिएफले पुलिसलाई दबाबमा राख्यो। ६४औं मिनेटमा अनिता केसीले दिएको बलमा सरू लिम्बुले बक्स भित्रबाट दिएको सटिक पासमा सबिता राना मगरले क्लोज रेन्जबाट गोल गरिन्। एपिएफले १-० अग्रता बनायो।

पहिलो गोल खाएर सम्हालिन नपाउँदै ६९ औं मिनेटमा एपिएफले अग्रता दुगुना गर्यो। निशा थोकरको लामो पासमा रश्मी कुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो। रिबाउन्डमा सुरुले गोल गरिन्। ८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्को गोल गरिन्। इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टिमलाई ४-० को जित दिलाइन्।

एपिएफले तेस्रो पटक पुलिसलाई हराएको हो। एपिएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो। बाँकी सबै खेल जित्न सफल टिम बन्यो। एपिएफलाई बराबरीमा रोक्ने टिम पुलिस नै हो। पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकिएको थियो।

अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो।

अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो। शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरको हकदार एपिएफ बनेको थियो।

उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ हात ।

पहिलो चरणमा छनोट चरणका खेल सुर्खेतमा भएको थियो । दोस्रो चरणमा कुल १० टोलीको सहभागिता रहेको थियो। दोस्रो चरणबाट ५ टिम अन्तिम चरणमा पुगेका थिए। डबल राउन्ड रोबिन पछि प्ले अफ भएको थियो। कोशी प्रदेशले अन्तिम चरण नखेल्ने भनेपछि बागमतीले अन्तिम चरण खेलेको हो।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.