default_image

11 months ago

January 29, 2025

प्याराडाइज राइजिङ भरतपुर गोल्ड कपको फाइनलमा

505 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन

प्याराडाइज युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा बुधवार आबुँखैरेनी गाउँपालिकालाई हराउँदै १-० ले प्याराडाइज उपाधि नजिक पुगेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा गिल्सन लिम्बुको गोलमा प्याराडाइजले खेल जितेको हो।

६५ औं मिनेटमा गिल्सनले गरेको गोल निर्णायक बन्यो । उनी नै प्लेयर अफ दि म्याच चुनिए । प्याराडाइजले अब उपाधिका लागि बागमती युथ क्लब सर्लाही र सरस्वति क्लब काठमाडौंको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनल बिहीवार दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल १९ गते शनिवार हुनेछ । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.