11 months ago
January 30, 2025
एजेन्सी – साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगको खेलमा फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गरेको छ ।
रियलले बुधवार ३-० को सहज जित हात पारेको हो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा रियलको जितमा रोड्रिगोले २ तथा जुड वेलिंघमले १ गोल गरे ।
रोड्रिगोले खेलको २७औं र ७८औं मिनेटमा गोल गरे । वेलिंघमले खेलको ५६औं मिनेटमा गोल गरे । जितसँगै रियल ८ खेलमा १५ अंकका साथ ११औं स्थानमा रहेको छ ।
रियल च्याम्पियन्स लिगको प्लेअफका लागि छनोट भएको छ । पराजित ब्रेस्ट समान खेलमा १३ अंक जोड्दै १८औं स्थानमा छ ।
अन्य खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ३-१ ले हरायो । आर्सनलले जिरोनालाई २-१ तथा एस्टन भिल्लाले सेल्टिकलाई ४-२ ले हरायो ।
बायर्न म्युनिखले स्लोभान ब्राटिस्लाभलाई र बोरुसिया डर्टमन्डले सख्तरलाई समान ३-१ ले पराजित गर्यो।लेभरकुसेनले स्पार्टलाई २-० ले हरायो । इन्टर मिलानले भने मोनाकोलाई ३–० ले पराजित गर्यो ।
एट्लेटिकोले आरबी साल्जबर्गलाई ४–१ तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टुटगार्डलाई ४–१ ले हार चखायो ।
शीर्ष स्थानको लिभरपुल भने पिएसभीसँग ३–२ ले पराजित भयो । युभेन्ट्स बेन्फिकासँग २–० र एसी मिलान डिनामोसँग २–१ ले पराजित भयो ।

जारी च्याम्पियनमस लिगको पहिलो चरणका खेलहरु सकिएका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]