11 months ago
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले सडन डेथमा सहित २ वटा पेनाल्टीमा रोकेपछि ए डिभिजन टोली संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
आयोजक बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) लाई बिहीवार सडन डेथमा हराउँदै संकटाले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । समग्रमा संकटाले ४-३ को जित निकाल्यो । सडन डेथमा दीपले गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई आफ्नो कप्तानीमा उपाधि दिलाए ।

गोलकिपर विकेश कुथुले पेनाल्टी सुटआउटमा २ पेनाल्टी रोके पनि बागमतीलाई जित दिलाउन पर्याप्त रहेन।
विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी रोक्दै बागमतीको सम्भावना बढाएका थिए । नवीन लामा र फोडे फोफानाले गोल गर्दैै बागमतीलाई २-० ले अघि बढाए थिए।
त्यसपछि खेलले नाटकिय मोड लियो । बागमतीका कुलदीप कार्कीको पेनाल्टी दीपले रोके । उता संकटाका लागि लक्षु थापाले गोलको खाता खोले।
बागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले बराबरी गोल गरे। पाँचौ पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट बागमतीेले पुनः अग्रता बनायो।

संकटाका लागि दीप आफै पाँचौं पेनाल्टी हान्न अघि बढे । उनी सफल भएर पेनाल्टीमा ३-३ को बराबरी भयो। सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे । दीपले बागमतीका गौरवको प्रहार रोके र संकटालाई च्याम्पियन बनाए ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]