11 months ago
January 31, 2025
एजेन्सी – युरोपा लिगको अन्तिम १६ मा यस अघि नै पुगिसकेको म्यानचेस्टर युनाइटेडले बिहीवार रोमानियका एफसिसिबीलाई २-० ले पराजित गरेको छ ।
डिएगो डालोट ६० औं र कोबी मइनुले ६८ औं मिनेट गोल गरेपछि बुडापेस्टमा भएको थियो। प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष ८मा रहेर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ।
डानी स्कारलेट, डामोला अजयी र माइक मुरको गोलमा टोटनहमले स्विडेनको इल्सबर्गलाई ३-० ले हरायो ।
लाजियो ब्रागासँग १-० ले पराजित भएपनि १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहन सफल भयो । युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिग पछि दोस्रो ठूलो प्रतियोगिताको लिग चरण समाप्तिमा समान १९ अंकसहित एथलेटिको बिलबाओ दोस्रो स्थानमा रह्यो।
तेस्रो स्थानको युनाइटेडको १८, चौथो टोटनहमको १७ अंक छ। त्यसपछि अंक तालिकाको पाँचौदेखि आठौं स्थानमा क्रमशः इन्ट्राख्ट फ्रायन्कफर्ट, लियोन, ओम्पियाकोज र रेन्जर्स रहेका छन्।
अंक तालिकाको नवौं देखि २४ औं स्थानका टोलीले अन्तिम १६ मा प्रवेश गर्नका लागि प्ले अफ खेल्ने छन्।



December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]