default_image

11 months ago

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

960 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ।

आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक जितेको छ ।

आयोजक सहारा, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबलले‌ समान १ पटक च्याम्पियन बनेका छन् ।‌ पूर्व विजेता मनाङ र अफ्रिकन‌ युनाइटेड बाहेक बाँकी सबै विजेतासहित १२ टोलीले यस पटक प्रतिस्पर्धा गर्दैछन् ।

पुलिसले कीर्तिमान सातौं पटक र आयोजक दोस्रो पटक च्याम्पियन बन्ने अभियानलाई सफल बनाउनका लागि जितबाट सुरुवात गर्नपर्नेछ।

२०५८ मा पहिलोपल्ट क्याराभान कपको नामबाट प्रतियोगिता सुरु हुँदा पुलिसले नै उपाधि जितेको थियो । २०५९ बाट हिमश्री फुड्सले प्रतियोगिता प्रायोजन गर्न थालेपछि आहा गोल्डकप, २०६९ बाट आहा–रारा गोल्डकप र २०७९ बाट आहा–रारा पोखरा गोल्डकपको नामबाट सन्चालन हुँदैछ ।

पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितिसकेको हो । आहा रारा गोल्डकपमा पुलिस र सहाराबिच ३ पटक भेट भएको छ । ३ पटक नै सहारा पराजित छ ।

पुलिसमा अधिकाशं जस्तो नयाँ खेलाडी छन् । सहाराले ३ विदेशी खेलाडी राख्दै टोली‌ बनाएको छ।

पोखरा महानगरपालिकालकस मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गर्नेछन्। विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको हाम्रो खेलकुदको‌ युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.