10 months ago
February 4, 2025
सुमन अधिकारी, बुटवल
बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र प्रेम थापाले समान २ र समुन्द्र ज्ञवालीले १ गोल गरे ।
आयोजक टोलीका मिलनले खेलको २९ औं मिनेटमा गोल गरे। टोलीका प्रेमले ३२ औं र ३७ औं मिनेटमा गोल थपे। ४४ औं मिनेटमा मिलनले अर्को गोल गरे । ७२ औं मिनेटमा समुन्द्रले गोल गरे । चाँदनीका विकास थापाले ६६ औं मिनेटमा सान्त्वना गोल गरे ।

आयोजक टोलीका मिलन आले प्लेयर अफ दी म्याचमा चुनिए । प्रतियोगितामा सौभाग्य युवा क्लब र इभोलुसन क्लब अफ बुटवलबिच खेल हुने संयोजक राम बहादुर थापाले बताए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।
क्लबका अध्यक्ष सुदिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले शुभकामना दिए ।
प्रतियोगिताको विजेता टोली १ लाख ५१ हजार ५ सय १५ रुपैया र दोस्रो टोलीले ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १० हजार ५ सय तथा ४ जना विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]