9 years ago
February 23, 2017
धरान(हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब आयोजक धरान फुटबल क्लब ‘रातो’लाई ३-१ले पराजित गर्दै १९ औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनलमा पुगेको छ।

खेलको ३१औं मिनेटमा डिफेन्डर मान बहादुर परियारको गोलमा अघि बढेपनि रेजिन सुब्बाले आयोजकका लागि गोल गर्दै ३७औं मिनेटमा खेललाई बराबरीमा ल्याए। त्यसको चार मिनेट नबित्दै पुलिसका कप्तान जुमानु राईले गोल गर्दै पुलिसलाई पुन: अघि बढाएका थिए।
दोश्रो हाफमा आयोजक चोली थप आक्रमक देखिएपनि कप्तान राईले ६१औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गरेपछि पुलिसको जित सुनिश्चित भयो। राई खेलको म्यान अफ द म्याच पनि चुनिए।
शनिबार हुने फाइनल खेलमा पुलिसले संकटाको सामना गर्नेछ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]