9 years ago
February 23, 2017
दिपक न्यौपाने
बुटबल – लगातार हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर देविनगरमा बिहीबारको उद्घाटन खेलमा भारतको सेरे एफसी कालिङपोङलाई १–० ले हराउँदै सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ अन्तिम आठमा पुगेको हो ।

पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता एपिएफले विभिन्न आठ नकआउट फुटबल प्रतियोगिताका पहिलो खेलमा हार बेहोर्दै आएको थियो । सरोज कोइरालाले २१ औं मिनेटमा गरेको गोल नै एपिएफको हारको श्रृखंला रोक्न पर्याप्त रह्यो ।
६९ औं मिनेटमा एपिएफले गोलअन्तरलाई दोब्बर पार्ने अवसर पाएको थियो । तर, सफल हुन सकेन । सेरे एफसीका गोलकिपर विवेक तामाङले राम कुमाललाई फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । कप्तान मिलन राईको पेनाल्टीलाई विपक्षी गोलकिपरले रोक्दै एपिएफको गोलअन्तरलाई बढ्न दिएनन् । एपिएफका रुपक लामा खेलको म्यान अफ दी म्याच चुनिए । एपिएफले क्वार्टरफाइनलमा आयोजक अग्नी रुपन्देही ११ को सामना गर्नेछ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा फागुन २१ गते सम्म चल्ने प्रतियोगितामा अग्नि रुपन्देही ११, रमपम झापा ११, हिमालयन शेर्पा क्लब, नेपाल आर्मी, भारतको सिक्किम युनाइटेड, धरान एफसी, नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटाको सहभागिता रहेको छ ।
मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्थ्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।
यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् ।
त्यस्तै अखिल नेपाल फुटबल सघं (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
तिलोत्तमा गोल्डकपमा शुक्रबारको खेल
त्रिभुवन आर्मीविरुद्ध सिक्किम युनाइटेड, भारत
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]