9 years ago
February 23, 2017
चितगोङ (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोट्र्स क्लब समूह विजेता बन्दै बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप को सेमिफाइनलमा पुगेको छ।

टिसी स्पोट्र्सले बिहीबार अन्तिम खेलमा पोचिओन सिटिजनसंग १–१ को बराबरी खेलेपछि समूह एको विजेता बन्दै अघि बढेको हो । समूहका तीन खेलमा टिसी स्पोट्र्सले २ जित र १ बराबरी खेल्दै ७ अंक जोडेको छ। कोरियन टोलि पोचीओन पनि ३ खेलमा ५ अंक जोड्यो र समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
शुक्रबार समूह बीको अन्तिम दुई खेलपछि सेमिफाइनलका प्रतिद्वन्द्विको टुंगो लाग्नेछ । मनाङले आफ्नो खेल जितेर अर्को खेलमा मोहमडन विजयी भएमा मनाङ समूह विजेता बन्नेछ। आयोजक चितगोङ भने मनाङसंग बराबरी गरेपनि अर्को चरण पुग्ने पक्का छ। आफ्नो समूहको उपविजेता बन्दै मनाङअघि बढे किरणको टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
समूह बिका खेलमा मनाङ र असामयी विजयी भएको खण्डमा टिसी स्पोर्ट्सले सेमिफाइनलमा मनाङको सामना गर्नेछ। दुई समूहको विजेताले अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]