10 months ago
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ ।
सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो । पुरस्कार प्रदान विशेष समारोह माझ गरिने बताइएको छ ।
नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय युरोपमा फुटबल खेल्दै आएकी छिन् ।
हाल फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्ट ग्वेंगाम्पमा आवद्ध उनले गत सिजन इजरायलको हापोएल रानानामा खेलेकी थिइन् ।
साम्बाले भारतको शीर्ष डिभिजन लिगमा पनि सर्वाधिक गोलकर्ता बन्दै २ पटक उपाधि जितिसकेकी छिन् । उनी करिअरको सुरुवातमै नेपाल एपिएफ क्लबबाट पनि नेपालको लिग च्याम्पियन बनिसकेकी छिन् ।
साम्बासँगै प्रतिभा पुरस्कार प्राप्त गर्नेमा टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) , चिकित्सा क्षेत्रतर्फ डा.ओम मूर्ति अनिल (महोत्तरी), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुने भएका छन् ।
२०७५ सालमा मन्त्रीपरिषदले स्थापना गरेको यो पुरस्कारबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही ५ लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।
त्यसै अनुरुप २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]