10 months ago
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल युवा संघले जनाएको छ।
२ विदेशसहित ९ टोलीको सहभागिता रहने प्रतियोगिताको आइतवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ।
उद्घाटन खेल एपिएफ र आहा रारा पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ।
क्वाटरफाइनलसम्मका खेल सातदोबाटोमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। फागुन १६ र १७ गते सेमिफाइनल र १९ गते फाइनल हुनेछ।
उद्घाटन खेलका दुईसहित संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड तथा आयोजकको केपी एफसीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार १ सय ११ रुपैंया , दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ताले र उदीयमान खेलाडीलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्लेयर अफ द म्याचले र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने शनिवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।
इटालीका लिजेन्ड पूर्व कप्तान एवम् गोलकिपर जियानलुजी बुफोनको फाइनल उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]